सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड/जरिवाना नलाग्ने

साझा लाल्टिन संवाददाता

काठमाडौं १० भदौ - यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । 

साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ । 

मगंलबार विभागले एक सूचना जारी गर्दै आगामी असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे दण्ड/जरिवाना लाग्ने कुरालाई निराधार भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।


प्रतिक्रिया