१६ पुस, काठमाडौं - परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन्।
मन्त्री शर्मासँगै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि भ्रमणमा सहभागी छन्। निर्धारित कार्यक्रमअनुसार मन्त्री शर्मा पुस १७ गते स्वदेश फर्किनेछन्।
नेपाल–बङ्गलादेश द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन खालिदा जियाले प्रधानमन्त्रीका रूपमा खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
31 December 2025