रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा पत्र

साझा लाल्टिन संवाददाता

काठमाडौं २८ साउन - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् । 

मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामा घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका छन्  ।

मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु, खतिवडाले राजीनामा पत्रमा लेखेका छन् ।

प्रतिक्रिया