निर्वाचन आयोगमा उज्यालो नेपाल, बाहिर कुलमान–रवि निर्णायक छलफल

साझा लाल्टिन संवाददाता

१४ पुस, काठमाडौं – उज्यालो नेपाल पार्टीका नेताहरू समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो।

पार्टीका केही शीर्ष नेताहरू आयोगमा उपस्थित भइसकेका छन् भने पार्टी संरक्षक कुलमान घिसिङ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफलमा जुटेका छन्। यसअघि पटक–पटक भएका वार्ताहरू निष्कर्षविहीन बनेपछि अन्तिम समयमा पुनः संवाद सुरु भएको हो।

उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिएलगत्तै रास्वपा सभापति लामिछानेले घिसिङसँग भेटवार्ता थालेका हुन्। सम्भावित सहमतिको प्रयास भइरहेकै बेला पार्टीले वैकल्पिक तयारी पनि अघि बढाएको जनाएको छ।

‘सहमति भयो भने ठीकै छ, नभए समय गुज्रिने जोखिम भएकाले आयोगमा ११० जनाको नाम पेश गर्ने तयारी गरेका छौं,’ पार्टीका एक केन्द्रीय सदस्यले बताए।

प्रतिक्रिया