मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्री कार्की को आह्वान

साझा लाल्टिन संवाददाता

२१ कात्तिक, काठमाडौं -  प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।

उनले आज एक्स अकान्ट मा लेखेकी छन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।’ 

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।

प्रतिक्रिया