२६ फागुन,काठमाडौं - छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न निर्वाचनमा सफलता हासिल गरेकोमा रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भुटानी प्रधानमन्त्री तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनसमर्थनप्रति शुभकामना व्यक्त गरेका हुन्। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाली जनतालाई समेत बधाई दिएका छन्।
‘नेपालको आम निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्नुभएकोमा बालेन शाह र रवि लामिछानेलाई हार्दिक बधाई,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री तोब्गेले नयाँ सरकारसँग मिलेर नेपाल–भुटानबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्। उनले दुई देशबीचको न्यानो मित्रतालाई आगामी दिनमा अझ गहिरो बनाउने प्रतिबद्धता समेत जनाएका छन्।
10 March 2026