महोत्तरीमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ९१२ निर्वाचन प्रहरी भर्ना

साझा लाल्टिन संवाददाता

२५ पुस, काठमाडौं - आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा तीन हजार ९१२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज सार्वजनिक गरेको एकीकृत सूचनाअनुसार जिल्लाभर आवश्यक सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन कार्यविधि–२०८२ बमोजिम प्रक्रिया सञ्चालन गरिने उल्लेख छ।

चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी निर्वाचनका लागि २५८ वटा मतदान स्थल र ५३६ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल चार लाख ३१ हजार २८२ मतदाता दर्ता रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया