धमाधम रातिको समयमा पनि तुइन खोलाको पहिरो पन्छ्याइँदै, आजै सडक खुलाउने तयारी

साझा लाल्टिन संवाददाता

 ९ असोज, काठमाडौं -  चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी छ । 

फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको छ ।  तुइनखोला नजिकै पहिरो खस्दा उपत्यकाबाट बाहिरिनेहरूलाई समस्या भइरहेको छ । प्रहरीले भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेको छ । 


प्रतिक्रिया