माइतीघरमा तनाव: ढुङ्गाना नेतृत्वको जेन–जी प्रदर्शनमा प्रहरीको हस्तक्षेप

साझा लाल्टिन संवाददाता

७ पुस, काठमाडौं -  मिराज ढुङ्गानाको नेतृत्वमा माइतीघर मण्डलामा गरिएको जेन–जी समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसालसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीय प्रशासनबाट अनुमति नलिई प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गर्नुपरेको बताएको छ । काठमाडौं प्रशासनले उक्त समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिएको अवस्थामा समूहले प्रदर्शन अघि बढाएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, जेन–जी समूहले आजैदेखि देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । मिराज ढुङ्गानाको नेतृत्वमा भइरहेको आन्दोलनले विभिन्न मागहरू उठाउँदै सडक संघर्ष अघि बढाउने जनाइएको छ ।

प्रतिक्रिया