०३ चैत,काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल आज गुन्डु पुगेका छन्।
पिताको निधनपछि शोकमा रहेका पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति पौडेल त्यहाँ पुगेका हुन्।
ओलीका पिता मोहनप्रसाद ओलीको गत शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको थियो।
17 March 2026