ठूलो धक्का लाग्यो अब पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्छौँ - विष्णु पौडेल

साझा लाल्टिन संवाददाता

वैशाख १६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ को निर्वाचनलाई कम्युनिस्ट आन्दोलनका लागि गम्भीर झट्का भएको टिप्पणी गरेका छन् । २७ औँ यदु स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो एक दशकको समग्र समीक्षा अपरिहार्य भएको बताए ।

पौडेलले झन्डै दुई तिहाइ बहुमत पाएर पनि त्यसलाई जोगाउन नसक्नुको कारण गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने बताए । उनले विचार, नीति र नेतृत्व संरचनामा पुनर्संरचना आवश्यक रहेको पनि जोड दिए ।

उनका अनुसार, नेतृत्व, कार्यशैली, आचरण र व्यवहारमा भएका कमजोरी सच्याउँछौँ । देशबासीसमक्ष आफ्ना त्रुटि स्वीकार्दै क्षमायाचना गर्छौँ । गल्तीबाट सिकेर कार्यशैली परिवर्तन गर्दै फेरि जनताको पक्षमा उभिने संकल्प गर्छौँ । आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउँछौँ ।’

उनले कम्युनिस्ट आन्दोलनलाई समय–समयमा दक्षिणपन्थी अवसरवादले कमजोर बनाउँदै आएको टिप्पणीसमेत गरे ।

प्रतिक्रिया