४ माघ, काठमाडौं - राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका छन्। उनीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि पदबाट हात झिकेका हुन्।
भगवती न्यौपाने तनहुँ–१ बाट एमालेको उम्मेदवार बनेकी छिन्। नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभामा चुनाव लड्ने भएका छन्। वामदेव गौतम भने बर्दिया–१ बाट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार बन्ने भएका छन्।
फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार छनोटमा व्यस्तता बढाएका छन्। उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने अन्तिम मिति ६ माघ तोकिएको छ।
18 January 2026