२२ माघ, काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई पछि पार्ने दाबी गरेका छन्।
केन्द्रीय नेताहरूसँगको जुम बैठकमा प्रचण्डले यसपटक पार्टी एक्लै चुनावी मैदानमा उत्रिएर पहिलो शक्ति बन्ने सम्भावना बलियो रहेको बताएका हुन्।
उनले एमालेसँग चुनावी तालमेलको चर्चा निराधार भएको स्पष्ट पार्दै जनताबाट अस्वीकार भइसकेका शक्तिसँग कुनै पनि खाले गठबन्धन नहुने बताएका छन्।
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग सहकार्यको ढोका पूर्ण रूपमा बन्द भएको संकेत गर्दै चुनावी प्रतिस्पर्धा एक्लै लडिने धारणा राखेका थिए।
05 February 2026