२१ पुस, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीमा एकै दिन ३३ केन्द्रीय सदस्य थपिँदा पार्टीभन्दा बढी विवाद थपिएको छ। विवेकशील साझाबाट आएका ७ अनुहारलाई ‘चल्ने’ मानिए पनि बालेन साह को कोटाबाट मनोनित २६ नामले रास्वपा पंक्ति नै जिल्लिएको छ।
नेताहरूकै शब्दमा भन्नु पर्दा नाम सुन्दा उदेक, प्रोफाइल खोज्दा शून्य
२६ जनामध्ये बलियो राजनीतिक हैसियत, बौद्धिक छवि वा चुनाव जित्ने सम्भावना भएका नाम भेटिँदैनन्। बरु बालेनसँग ‘सँगै खानपिन गर्ने’, सचिवालयमा काम गर्ने र जेन–जी आन्दोलनका केही अनुहारहरू केन्द्रीय समितिमा हुलका हुल पुगेका छन्।
पार्टीकै एक नेतृको कटाक्ष छ ।
बालेनसँग मान्छे नै सकिएछन् जस्तो लाग्यो, वडा सदस्य जित्ने हैसियत नभएकालाई केन्द्रीय सदस्य
बालेनको सूचीमा आफ्नै सचिवालयका ४ जना, निजी मित्र, क्याफे सञ्चालक, कलाकार, साहित्यकार, जेन–जी अभियन्ता र राजनीतिक पृष्ठभूमि शून्य व्यक्तिहरू परेका छन्। अझ गम्भीर कुरा टिकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका लक्ष्मण थारु र विभिन्न मुद्दा खेपिरहेका खगेन्द्र सुनारसमेत केन्द्रीय सदस्य बनेका छन्।
पार्टी ठूलो बनाउने नाममा जस्तासुकै मान्छे भित्र्याउने प्रवृत्तिले रास्वपाको ‘नयाँ राजनीति’ नै प्रश्नमा परेको नेताहरूको गुनासो छ।
आशा गरिएको ‘हाइप्रोफाइल टिम’को साटो बालेनको सूचीले भने एउटा सन्देश दिएको छ
नाम ठूलो, तर सर्कल सानो