बाबुराम आबद्ध प्रलोपाको निर्णय: गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई साथ

साझा लाल्टिन संवाददाता

१६ फागुन,काठमाडौं - गोरखाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले नेपाली कांग्रेस सँग सहकार्य गर्ने निर्णय गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रलोपाले प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको हो। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मै मतदान गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए।

खत्रीका अनुसार दुवै दलबीच चुनावी समझदारी बनेपछि उक्त निर्णय गरिएको हो। प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सघाउने औपचारिक निर्णय गरेको बताइएको छ।

उता कांग्रेस गोरखाले पनि प्रलोपाको सहयोगप्रति आभार व्यक्त गरेको छ। यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेससँगको तालमेलमै डा. बाबुराम भट्टराई गोरखा–२ बाट विजयी भएका थिए। यसपटक पनि उनले उम्मेदवारी दर्ता गरेपछि अन्ततः फिर्ता लिएका थिए।

प्रतिक्रिया