पत्रकार सम्मेलनमा भण्डारीले राखेको बिषय पूर्णपाठसहित

साझा लाल्टिन संवाददाता

काठमाडौं ९ असार -एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गरिन् । एमालेको पूर्वउपाध्यक्षको रुपमा पत्रकार सम्मेलन गरेकी भण्डारीले संविधान र कानुनले आफूलाई राजनीतिक दलमाआबद्ध हुन कतैबाट नरोकेको जिकिर गरेकी छिन 

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घामजत्तिकै छर्लंग भएको विषय हो, पत्रकार सम्मेलनमा भण्डारीले भनिन् ।

आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णयलाई चुनौति दिँदै उनले उक्त निर्णय अपरिपक्व र अवैध रहेको बताएकी छिन । राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकाले कुनै पदप्रति आफूमा लालसा, महत्वाकाङ्क्षा र आशक्ति नरहेको उनको भनाइ छ ।

हेर्नुस् भण्डारीकाे वक्तव्यकाे पूर्णपाठ :





प्रतिक्रिया