पुराना दललाई चुनौती दिने तयारी? बालेन–रवि बीच निर्णायक भेटवार्ता

साझा लाल्टिन संवाददाता

१० पुस, काठमाडौं - चुनावी सरगर्मी बढ्दै जाँदा नयाँ राजनीतिक शक्तिहरूबीच संवाद तीव्र बनेको छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकान्त वार्ता भइरहेको छ।

ललितपुरको ज्वागलस्थित मेयर बालेनका निकट सहयोगी कुमार बेनको निवासमा सुरु भएको छलफलको पहिलो चरणमा सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्कीलगायत नेताहरू सहभागी थिए। सामूहिक छलफल सम्पन्न भएपछि अहिले लामिछाने र शाहबीच वान–टु–वान संवाद जारी रहेको स्रोतको भनाइ छ।

आगामी निर्वाचनलाई ध्यानमा राख्दै नयाँ शक्तिहरूबीच सम्भावित सहकार्य र तालमेलका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

प्रतिक्रिया