बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन चल्न रातको समय रोक

साझा लाल्टिन संवाददाता

बिपी राजमार्गमा आइतबारदेखि रातको समयमा सवारीसाधन चल्न नपाउने भएका छन् । विपतजन्य घटनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै साँझ ६ः३० देखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

विपतजन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाका लागि भन्दै जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले सो निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार असार १८ गते बसेको जिल्ला सुरक्षा समिति बैठकले असार २२ गते आइतबारदेखि लागू हुने गरी निर्णय गरेको छ ।


प्रतिक्रिया