२० पुस, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकताको औपचारिक घोषणा गर्ने भएको छ। पार्टीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार उक्त घोषणा कार्यक्रम भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा आयोजना हुनेछ।
यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकताका लागि सहमति जुटाइसकेको थियो। भोलि हुने घोषणा सभामार्फत उक्त एकता प्रक्रियालाई अन्तिम रूप दिइने र आगामी दिनमा पार्टीको राजनीतिक दिशा र कार्ययोजना पनि सार्वजनिक गरिने रास्वपाले जनाएको छ।
04 January 2026