काठमाडौं १२ साउन - काठमाडौँको सुन्दरीजलमा मध्यरातमा नुहाउने क्रममा चार भारतीय र एक नेपालीको उद्धार गरिएको छ । सुन्दरीमाई मन्दिर नजिकै नुहाउने क्रममा खोलामा फसेका चार भारतीय र एक नेपालीलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
राति २ बजेको समयमा उनीहरु बोलबम भन्दै त्यहाँ पुगेका थिए । नुहाउने क्रममा एक्कासी पानीको बहाव बढेपछि उनीहरु फसेको बताइन्छ । सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोली, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।
28 July 2025