नेपाल बारले कार्की आयोगको प्रतिवेदनप्रति कडा असहमति जाहेर

साझा लाल्टिन संवाददाता

१२ चैत,काठमाडौं कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसियसनले भदौ २३–२४ को जेनजी प्रदर्शन छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। आयोगले वकिल र न्यायालय सम्बन्धी आपत्तिजनक टिप्पणी गरेको भन्दै बार असन्तुष्ट भएको हो।

प्रतिवेदनमा “साधारण निवेदनको लागि वकिलहरूले ठूलो शुल्क असुल गर्दा सामान्य जनताका लागि न्याय पहुँचबाट टाढा हुने” उल्लेखप्रति बारले कडा आपत्ति जनाएको छ। बारले आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर वकिलमाथि अनुचित टिप्पणी गरेको निष्कर्ष निकालेको छ।

यसैबारे बारले आज आकस्मिक बैठक बोलाएर छलफल गर्ने र सल्लाहकार समितिको बैठकसमेत बस्नेछ। दुवै बैठकले प्रतिवेदनमाथि आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा छन्।

प्रतिक्रिया