काठमाडौँ - कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार उनलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो।
अमेरिकामा अध्ययनरत एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। यद्यपि सो विषयमा औपचारिक उजुरी नपरेपछि प्रहरीले उनलाई अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते पक्राउ गरेको थियो।
काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सोही अवधिपछि प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको हो।
10 April 2026