मोहन वैद्यको स्वास्थ्य अवस्था अझै केही दिन आईसीयूमै राखेर उपचार गर्न चिकित्सकको सुझाव

साझा लाल्टिन संवाददाता

काठमाडौँ — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि महासचिव मोहन वैद्य किरण जेठ १५ देखि त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका वैद्यको स्वास्थ्य स्थिर रहेको पारिवारिक एवं पार्टी स्रोतले जनाएको छ ।

उनको टिचिङ अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । दम बढेपछि भर्ना भएका उनलाई निमोनिया देखिएको छ । ‘मुख्यगरी निमोनियाको उपचार भइरहेको छ ।

पार्टी स्रोतका अनुसार वैद्यलाई अझै केही दिन आईसीयूमै राखेर उपचार गर्न चिकित्सकले सुझाव दिएका छन् । डा. निरज बमको टोलीले उनको उपचार गराइरहेको छ । उपचारका लागि लाग्ने खर्च परिवार र पार्टीमा जुटाउँदै आएको स्रोतले बताएका छन् ।

वैद्य बिरामी भएपछि उनको पार्टी र बिभिन्न दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत ‘इमान्दार नेता’ को रुपमा चित्रण गर्दै स्वास्थ्य सुधारको कामना गरेका छन् ।

माओवादीबाट २०६९ जेठमा अलग भएर वैद्यको नेतृत्वमा अर्को नेकपा ड्यास ओवादी गठन भएको थियो । ‘जनविद्रोह’को नीति लिइरहेका वैद्य गत मंसिरमा भएको महाधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सर्वसम्मत भएका थिए । उनी बिरामी परेपछि कार्यवहाक महासचिवको रुपमा सीपी गजुरेलले पार्टी संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया