एमालेको हारपछि झाँक्रीको स्वीकारोक्ति, पुनको व्यङ्ग्यात्मक सुझाव

साझा लाल्टिन संवाददाता

२५ फागुन,काठमाडौं - म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनले रामकुमारी झाँक्रीलाई ‘सुनपानीले मुख कुल्ला गरेर बोल्ने शैली सुधार्न’ सुझाव दिएका छन्।

एमाले नेतृ झाँक्रीले हालै एक पोडकास्ट अन्तर्वार्तामा आफ्नो पार्टीले प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम ल्याउनुमा आफूहरूकै भूमिका रहेको स्वीकार गरेपछि पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

झाँक्रीले अन्तर्वार्तामा पार्टीको कमजोरीबारे आत्मआलोचना गर्दै “पार्टी कमजोर बनाउन हामीले पनि भूमिका खेल्यौँ, त्यसको जिम्मेवारी लिनुपर्छ” भन्ने आशय व्यक्त गरेकी थिइन्।

उक्त अभिव्यक्तिलाई सकारात्मक रूपमा लिँदै पुनले झाँक्रीलाई अब कटु भाषामा बोल्ने बानी छोडेर पार्टी निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्। उनले व्यङ्ग्यात्मक शैलीमा एमालेकै अन्य दुई नेता महेश बस्नेतसुर्य थापा तर्फ इङ्गित गर्दै सबैले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

पुनले सामाजिक सञ्जालमा लेख्दै पहिले बोल्ने शैली सुधार्न र त्यसपछि पार्टीलाई सुदृढ बनाउनेतर्फ लाग्न सुझाव दिएका छन्।

निर्वाचनअघि भने झाँक्रीले पुनलाई लक्षित गर्दै ‘बेवकुफ मन्त्री’ भन्ने टिप्पणी गरेकी थिइन्। त्यसयता यी दुईबीच सामाजिक सञ्जालमा व्यङ्ग्य–कटाक्ष चल्दै आएको देखिन्छ।

प्रतिक्रिया