क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग

साझा लाल्टिन संवाददाता

२३ मंसिर, काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा नागरिक उड्यन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख धरौटी मागेको छ ।

मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ ।

मंसिर २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ५ जना तत्कालिन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएको थियो । निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी बिरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

प्रतिक्रिया