रमेश लेखक : नीतिगत रुपमा मन्त्रालयमा सुधारको काम गरिरहेको छु

साझा लाल्टिन संवाददाता

काठमाडौं २७ जेठ -  रमेश लेखकले आफू गृहमन्त्री भएपछी नीतिगत सुधारका प्रयासहरू गरिरहेको दाबी गरे ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भने, ‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछु ।’

उनले नागरिकता विधेयकलाई गृह मन्त्रालयले विशेष महत्त्व दिएर दोस्रो संशोधन प्रस्ताव पेश गरेको बताए।

उनले आएका संशोधन प्रस्तावहरूलाई नै केन्द्रमा राखेर निष्कर्षमा पुग्ने पनि बताए।

प्रतिक्रिया