रास्वपा सभापति लामिछानेद्वारा समानुपातिक सूची सुधार गर्ने स्पष्ट प्रतिबद्धता

साझा लाल्टिन संवाददाता

 १६ पुस, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका कमजोरी सच्याइने स्पष्ट पारेका छन्।

मङ्गलबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सूची तयार गर्ने क्रममा केही त्रुटि पर्न गएको स्वीकार गरे । समयको अभाव, प्राविधिक जटिलता र केही व्यवस्थापकीय कारणले सूचीमा समस्या देखिएको भए पनि त्यसलाई सुधार गर्न पार्टी पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो।

लामिछानेले भने, “विभिन्न क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका योग्य साथीहरू छन्। कतिपय कुरा समय र प्रक्रियागत कारणले चुक्न पुगेका हुन सक्छन्। तर नियतमा कुनै खोट छैन। निर्णयमा तलमाथि भएको भए पनि सच्याउन सकिन्छ।”

उनले पार्टीले कसैलाई अनावश्यक रूपमा बोकेर नहिँड्ने र गल्ती देखिएको ठाउँमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

। समयको अभाव, प्राविधिक जटिलता र केही व्यवस्थापकीय कारणले सूचीमा समस्या देखिएको भए पनि त्यसलाई सुधार गर्न पार्टी पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया