काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनलाई काठमाडौंको सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का ले जानकारी दिएका छन्।
बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना लाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेकपा (बहुमत)ले फागुन २१ गते हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ। सोही विषयलाई लिएर मंगलबार पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो। बन्दका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
पक्राउको विस्तृत कारणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
17 February 2026