महाधिवेशनको घाउ सुक्न नपाउँदै ओलीको निर्णय, ईश्वरको कुर्सी खोसियो

साझा लाल्टिन संवाददाता

२२ पुस, काठमाडौं -  एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र असहमति देखाउने नेतालाई सहन नसक्ने सन्देश फेरि एकपटक स्पष्ट पारेका छन्। च्यासलमा बसेको सचिवालय बैठकबाट ईश्वर पोखरेल नेतृत्वको नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी खोस्दै विष्णु रिमाललाई सुम्पिने निर्णय गरिएको छ।

अध्यक्ष ओलीको प्रस्तावमा केही पदाधिकारीले आपत्ति जनाउँदै चुनावी माहोलमा पार्टी एकताका लागि पोखरेललाई हटाउनु गलत हुने तर्क गरे पनि ओली भने अडानबाट पछि हटेनन्। अध्यक्षसँग विचार र प्रभावको टकरावमै रहेका पोखरेललाई हटाउने निर्णयमा ओली अडिग रहँदा बैठक औपचारिकतामै सीमित बन्यो।

चुनावमा पराजित भएर केन्द्रीय सदस्यसमेत बन्न नसकेका विष्णु रिमाललाई जिम्मेवारी दिँदै ओलीले ‘हार्नु अपराध होइन’ भन्ने सन्देश दिन खोजे पनि पार्टीभित्र भने यसलाई निष्ठाभन्दा नजिकपना भारी भएको उदाहरणका रूपमा हेरिएको छ।

महाधिवेशन सकिएको केही समयमै आएको यो निर्णयले एमालेभित्र शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणमा गहिरो तरंग ल्याउने संकेत गरेको छ।

प्रतिक्रिया