खनालको ‘कुलिङ पिरियड’ सुरु, अफवाहविरुद्ध स्पष्ट सन्देश

साझा लाल्टिन संवाददाता

०६ चैत,काठमाडौं अर्थमन्त्री डा. रामेश्वर खनालले आजदेखि आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको घोषणा गरेका छन्। निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा चुनावी प्रतिवेदन बुझाएलगत्तै उनले यस्तो कदम चालेका हुन्।

कुलिङ पिरियड भनेको पदाधिकारीहरूले आफ्नो पदबाट केही समयका लागि अलग भएर विदा लिने वा जिम्मेवारीबाट हट्ने अवधिलाई जनाउँछ। उच्च तहका अधिकारीहरूले प्रायः आफ्नो पदावधि सकिनु अघि केही दिनअघि नै यस्तो व्यवस्था अपनाउने प्रचलन छ।

खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुँदै लेखेका छन्, “आजदेखि मेरो कुलिङ पिरियड सुरु भएको छ। कृपया मेरो नाम जोडेर कुनै परीक्षण हल्ला वा अफवाह नफैलाउनुहोस्।”

यसअघि उनले राष्ट्रिय सभामा सिफारिस हुने र नयाँ सरकारले अर्थमन्त्रीको पदमा निरन्तरता दिने सम्भावनासम्बन्धी चर्चा चलेको थियो।

प्रतिक्रिया