कोशी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तयारीमा, एमाले निर्वाचनका लागि तयार

साझा लाल्टिन संवाददाता

७ पुस, काठमाडौं - कोशी प्रदेशका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी चलिरहेको जानकारी दिएका छन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि गरिएको सहमतिअनुसार नै मन्त्रिपरिषद् पुनर्गठन हुने बताए।

राईका अनुसार कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व परिवर्तन तोकिएको समयमा गरिनेछ। उनले वर्तमान संघीय सरकार निर्वाचनको तयारीभन्दा राजनीतिक द्वन्द्व बढाउन बढी केन्द्रित रहेको आरोप लगाउँदै, निर्वाचन हुने अवस्था आए एमाले तयार रहेको स्पष्ट पारे।

साथै, राईले संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन, आवश्यक संशोधन र त्यसपछि निर्वाचनको विकल्प उत्तम हुने बताए।

प्रतिक्रिया