पूर्व–पश्चिम राजमार्गमा दुर्घटना : मोटरसाइकल चालकसहित दुई जनाको ज्यान गयो
साझा लाल्टिन संवाददाता
12 March 2026
२८ फागुन,काठमाडौं - कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ स्थित लालपुरमा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिए।
उनका अनुसार मृतक दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। हालसम्म उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।