अदालतको आदेशपछि रवि लामिछाने रिहा, २ करोड ७४ लाखको बैंक जमानत

साझा लाल्टिन संवाददाता

 पुष, काठमाडौं - नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा भएका छन् । कागजी प्रक्रिया पूरा गर्न रुपन्देही पुगेका लामिछाने आवश्यक प्रक्रिया सकिएपछि कारागारमुक्त भएका हुन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार बैंक जमानतमा रिहा गर्न आदेश दिएपछि लामिछाने आज रुपन्देही पुगेका थिए। जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएर रिहा भएका हुन्।

बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीले साउन २६ गते दिएको आदेश बदर गर्दै, बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो।

अदालतको आदेशअनुसार प्रक्रिया पूरा भएपछि लामिछाने कारागारबाट थुनामुक्त भएका हुन्।

प्रतिक्रिया