क्रान्तिकारी नेकपा, विप्लव र चुरे भावरका नेता–कार्यकर्ता आज नेकपामा प्रवेश गर्दै

साझा लाल्टिन संवाददाता

१३ माघ, काठमाडौं - क्रान्तिकारी कम्युनिस्ट पार्टी (नेकपा) बाट कारबाहीमा परेका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

प्रचण्डको सचिवालयका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो साढे १ बजे आयोजना हुने कार्यक्रममा विभिन्न दलका नेता–कार्यकर्ताहरू नेकपामा प्रवेश गर्नेछन् । कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, विप्लव नेतृत्वको नेकपा (माओवादी) र चुरे भावर पार्टीका नेता–कार्यकर्ताहरू पनि सहभागी हुनेछन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य भीम चापागाईं, बालकृष्ण वलीसहित १५ जना नेता आज नेकपामा प्रवेश गर्न लागेको सचिवालयले जनाएको छ ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपाका केही केन्द्रीय सदस्यहरू तथा चुरे भावर पार्टीका नेता–कार्यकर्ताहरू समेत नेकपामा समाहित हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया