प्रतिनिधिसभा निर्वाचनअघि मदिरा बिक्रीमा रोक लगाउने तयारी

साझा लाल्टिन संवाददाता

१३ फागुन,काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुने तय भएको अवस्थामा, निर्वाचन सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा समितिले निर्वाचनअघि मदिरा बिक्रीमा रोक लगाउनेबारे छलफल गरेको छ। बैठकमा सहभागी एक वरिष्ठ अधिकृतले मंगलबार जानकारी दिँदै भने, “कम्तीमा ७ दिनअघि मदिरा बिक्रीमा पूर्ण रोक लगाउने प्रस्तावको समीक्षा भएको छ।”

निर्वाचन आयोगले सरकारलाई मदिरा बिक्री रोकको सिफारिस गर्ने तयारीमा रहेको र सिफारिसपछि गृह मन्त्रालयले अन्तिम निर्णय गर्ने जानकारी बैठकमा दिइएको थियो।

सुरक्षाका कारण मात्र नभई फागुन १९ मा मनाइने तराई होलीलाई व्यवस्थित गर्न पनि सरकारले मदिरा नियन्त्रणको तयारी गरिरहेको छ।

त्यस्तै, उच्चस्तरीय सुरक्षा समितिले सीमा नाकामा ७२ घण्टा अघि आवागमन रोक्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया