पेरिसडाँडामा नेकपाको केन्द्रीय समिति बैठक, चुनावी समीक्षा र समसामयिक विषयमा छलफल जारी

साझा लाल्टिन संवाददाता

१९ चैत,काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पहिलोपटक केन्द्रीय कार्यसंयोजन समिति बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा हालै सम्पन्न निर्वाचनको परिणाम, समसामयिक राजनीतिक घटनाक्रम र अन्य रणनीतिक विषयमा गहन छलफल भइरहेको छ। केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बैठकको जानकारी दिँदै यसबारे स्पष्ट पार्नुभयो।

नेकपा, साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक पार्टीहरू मिलेर गठन भएको पार्टी हो। फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेर जम्मा १७ सिटमा सिमित रह्यो।

सन् २०७० देखि लगातार तेस्रो स्थानमा रहेका पार्टी यसपटक चौथो स्थानमा पुगेको छ। पार्टीको पराजयपछि फागुन २८ मा बसेको निर्वाचन परिचालन समितिको बैठकले सबै १६५ निर्वाचन क्षेत्रका रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो। यही विषयलाई बैठकको मुख्य केन्द्रबिन्दु बनाइएको आचार्यले जानकारी दिनुभयो।

‘बैठकको मुख्य फोकस चुनावी समीक्षा र आगामी रणनीति तय गर्नु हो’, उनले भने।

पार्टीको अन्तरिम विधानअनुसार ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समिति संयोजक, सहसंयोजक र अन्य सदस्यहरूको संयोजनबाट गठन गरिने व्यवस्था छ। सदस्यहरूको चयन सहमतिका आधारमा हुने विधानमा उल्लेख छ।

प्रतिक्रिया