काठमाडौँ - बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर पुनः समायोजन गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर लागू गरेको जनाएको हो।
नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्र अब यात्रुले न्यूनतम २४ रुपैयाँ तिर्नुपर्ने भएको छ। दूरीका आधारमा भाडादर फरक–फरक निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ भाडादर यस्तो छ :
- ० देखि ५ किलोमिटरसम्म – २४ रुपैयाँ
- ० देखि १० किलोमिटरसम्म – ३३ रुपैयाँ
- ० देखि १५ किलोमिटरसम्म – ३९ रुपैयाँ
- ० देखि २० किलोमिटरसम्म – ४४ रुपैयाँ
- २० किलोमिटरभन्दा माथि – ५० रुपैयाँ
मन्त्रालयका अनुसार उपत्यका बाहिरका रुटमा भने छुट्टै भाडादर कायम गरिएको छ।
यस्तै, विद्युतीय यात्रुवाहक सार्वजनिक सवारी साधनमा भने पुरानै भाडादर यथावत रहने जनाइएको छ। ती सवारीमा २०७९ साल वैशाख १ गतेदेखि लागू गरिएको दरमै सेवा सञ्चालन हुने मन्त्रालयको भनाइ छ।

11 April 2026