सुदन गुरुङले संगठनबाट दिए राजीनामा ,गोरखा १ बाट चुनावी अभियान सुरु गर्दै
साझा लाल्टिन संवाददाता
17 January 2026
३ माघ, काठमाडौं - जेनजि अभियन्ता सुदन गुरुङले आज हामी नेपालबाट आफ्नो राजीनामा बुझाएका छन्। झन्डै एक दशकदेखि संगठनको अध्यक्षको रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सुदन गुरुङले आज कार्यालयमा उपस्थित भई आफ्नो राजीनामा बुझाउने महत्वपूर्ण निर्णय लिएका छन्।
उनले अब गोरखा १ क्षेत्रबाट चुनावी मैदानमा होमिने घोषणा गरेका छन्, जसले उनलाई राजनीतिक प्रतिमानमा नयाँ दिशा दिने सम्भावना छ।
सुदन गुरुङको यो कदमले संगठन र नेपाली राजनीतिमा ठूलो हलचल मच्चाउने निश्चित छ।