२ असोज , काठमाडौं - नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।
फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेका छन् ।
उनले नेपालमा हालै भएको दुखद घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले नेपालकाे शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका छन् ।
फोन वार्तापछि सामाजिक सञ्जाल एक्समा एक पोष्ट सेयर गर्दै उनले नेपालमा शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको पुन दोहोर्याए ।
साथै उनले भोली नेपालको संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्कीलाई र सबै नेपाली जनतालाई शुभकामना समेत दिएका छन् ।
18 September 2025