इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी: वरिपरिका घर–पसल जोखिममा

साझा लाल्टिन संवाददाता

सुनसरी, इटहरी–६ स्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ।

क्याफेको आइसक्रिम पार्लरबाट सुरु भएको आगो अहिले नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

आगलागीको वास्तविक कारण अझै पत्ता लागेको छैन। प्रहरीका अनुसार आगोले नजिकैका घर तथा पसललाई पनि जोखिममा पारेको छ।

इलाका प्रहरी कार्यालय इटहरीले आगो नियन्त्रणको लागि सक्रिय प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया