केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल, अब वार्डमा सार्ने तयारी

साझा लाल्टिन संवाददाता

३० चैत,काठमाडौं,

 नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको अपरेशनपछि उनलाई अपरेशन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार शल्यक्रिया सफलतापूर्वक सकिएको हो। उनले ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारीसहित केहीबेरमै औपचारिक प्रेस नोट सार्वजनिक गरिने जानकारी दिए।

प्रतिक्रिया