साम्पाङले भने–प्रतिपक्षको अर्थ विरोध मात्र होइन, रचनात्मक समर्थन पनि हुनेछ

साझा लाल्टिन संवाददाता

१२ चैत,काठमाडौं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आफ्नो पार्टीले सरकारप्रति न त अन्ध समर्थन गर्ने, न त अनावश्यक विरोध गर्ने स्पष्ट पारेका छन्। उनले रचनात्मक सुझाव र आवश्यक पर्दा कडा आलोचना गर्दै अगाडि बढ्ने नीति लिएको बताएका हुन्।

सिंहदरबारस्थित संसद् भवन परिसरमा शपथग्रहण कार्यक्रममा पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू प्रतिपक्षमै रहने तर देशहितका काममा सरकारलाई साथ दिने धारणा राखे। “प्रतिपक्ष भनेपछि हरेक कुरामा विरोध गर्नुपर्छ भन्ने होइन,” उनले भने, “सरकारले राम्रो काम गरे हाम्रो पूर्ण समर्थन हुन्छ।”

नयाँ सांसदहरूको संख्या यसपटक उल्लेख्य रहेको उल्लेख गर्दै उनले आफूहरू अझै सिकाइको चरणमै रहेको स्वीकारे। “पहिले प्रश्न गर्ने ठाउँमा थियौँ, अहिले जवाफदेही हुने ठाउँमा आएका छौँ,” उनले भने, “उत्साहभन्दा जिम्मेवारीको अनुभूति बढी भएको छ।”

प्रतिक्रिया