२ मंसिर, काठमाडौं - राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइटमा समस्या देखिएको छ ।
विभागका डीजी नमराज घिमिरेले केही समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको बताए । अहिले वेबसाइट खोल्दा विभिन्न इरर कोड देखाइरहेको छ ।
वेबसाइट ह्याक भएको कुरा उनले अस्वीकार गरे । घिमिरेले भने, ‘सबै डाटा सुरक्षित छन् । मेन्टेनेन्सको क्रममा भएकाले घरिघरि नखुल्ने समस्या देखिएको हो । हामी छिट्टै समाधानको प्रयासमा छौँ ।’
18 November 2025