ओलीको प्रहार : ‘जेनजी–सरकारको सम्झौता गोबर टाँसेको सरकारद्वारा खेलिएको कलाविहीन भद्दा नाटक’

साझा लाल्टिन संवाददाता

२५ मंसिर, काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी–सरकारबीच भएको सम्झौतामा कडा प्रतिक्रिया व्यक्त गर्दै त्यसलाई “कलाविहीन भद्दा नाटक” भनेका छन्। काठमाडौंमा सम्पादकहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारको यस्तो सम्झौता गर्ने कुनै म्याण्डेट नै नभएको दाबी गरे।

ओलीका अनुसार सरकारले प्रणाली र व्यवस्थासम्बन्धी विषयमा सम्झौता गर्ने अधिकार छैन। उनले भने, “गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो, त्यसलाई जनताले अस्वीकार गरे।”

साथै, उनले संसद् पुनःस्थापनाको कुनै विकल्प नरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया