१४ पुस, काठमाडौं - भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक अन्ततः जाँचबुझ आयोगको कठघरामा उभिएका छन् । आन्दोलनपछिका गम्भीर आरोप र प्रश्नहरूको घेरामा परेका लेखक सोमबार आयोगमा उपस्थित भई बयान दिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र अराजक घटनाबारे तत्कालीन गृहमन्त्रीको भूमिकामाथि चौतर्फी आलोचना भइरहेका बेला लेखकको आयोग उपस्थितिलाई चासोका साथ हेरिएको छ । सुरक्षा संयन्त्रको प्रयोग, आदेश र निर्णय कसको थियो भन्ने प्रश्न अझै अनुत्तरित रहेको अवस्थामा आयोगमा दिइएको बयानलाई निर्णायक मोडका रूपमा हेरिएको छ ।
भदौ २३ र २४ को घटनामा राज्य संयन्त्रको दुरुपयोग भयो कि राजनीतिक संरक्षण ? जनताले सत्य खोजिरहेका बेला आयोगको अनुसन्धानले अब कसलाई जोगाउँछ र कसलाई फसाउँछ भन्ने प्रश्न तीव्र बन्दै गएको छ ।