झलनाथप्रति माधवको टिप्पणी - खुरुक्क राजीनामा दिएर हिँडे हुन्छ

साझा लाल्टिन संवाददाता

काठमाडौँ १६ साउन - एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनाललाई खुरुक्क राजीनामा दिएर जान सुझाव दिएका छन् ।

सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा यस्तो भनेका हुन् ।

पार्टी भित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको भन्दै उनले खनाललाई पार्टीमा बस्ने अधिकार समेत नभएको बताए ।

उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पार्टीबाट बिदा लिनुपर्छ ।

उनले खनाललाई पार्टीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल भइरहेको बताए ।

उनले भने, ‘यो हाम्रो पार्टीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन ।’

उनले माओवादीसँग एकीकरणको कुरा नभएको बताए । उनले भने ‘तपाईँहरुलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको ? यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ । दुई पार्टी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।’

उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने, ‘एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ ।’

उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू माथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए । उनले भने, ‘मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्याविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ ।

उनले पताञ्जलीलाई सार्वजनिक जग्गा एक टुक्रा पनि नदिएको दाबी गरे । उनले पताञ्जलीलाई हद बन्दी भन्दा बढी जग्गा किन्न कानुनले नै दिएको बताए ।

प्रतिक्रिया