३ पुष, काठमाडौं - नेकपा एमालेको महाधिवेशनबाट ईश्वर पोखरेल नेतृत्वको प्यानलले दुई पदाधिकारी जित्न सफल भएको छ। सम्पन्न मतगणनाअनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार उपाध्यक्षमा गोकर्णराज विष्टले १ हजार ३६८ मत प्राप्त गरे। त्यसैगरी उपमहासचिवमा योगेश भट्टराईले १ हजार ३४८ मतसहित जीत हात पारेका छन्।
18 December 2025