काठमाडौँ १८ साउन - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घाेषणा गरेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् ।
लामा २०८१ को साउन ९ गते मुख्यमन्त्री बनेका थिए । लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आज राजीनामा घाेषणा गरेका हुन् । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।
लामाले भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने बताएका छन् । प्रदेश प्रमुख देवकाेटा स्वास्थ्य उपचारपछि आज मात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
03 August 2025