०१ चैत,काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत २०८२ फागुन ३० गतेदेखि राजीनामा लागू हुने जानकारी दिएका हुन्।
कोइरालाले पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई लेखेको पत्रमा फागुन २१ को निर्वाचनमा अपेक्षित मत नपाएपछि नैतिक जिम्मेवारी लिँदै पद छोडेको उल्लेख गरेका छन्। उनी नेकपा (माओवादी) का केन्द्रीय सदस्य पनि हुन्।
15 March 2026