०१ चैत,काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम टुंगो लगाएको छ। पार्टीको आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको सूची फाइनल गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार जातीय–सामुदायिक आधारमा टुंगिएका सांसदहरू यसप्रकार छन्:
-
खासआर्य: १७
-
आदिवासी जनजाति: १६
-
मधेशी: ९
-
दलित: ८
-
थारु: ४
-
मुस्लिम: ३
तर, कुन व्यक्ति कुन क्लस्टरबाट परेको भन्ने विवरण रास्वपाले अहिलेसम्म सार्वजनिक गरेको छैन। प्रवक्ता झाले बताएअनुसार, निर्वाचन आयोगले नामावली अनुमोदन गरेपछि मात्रै व्यक्तिगत नाम सार्वजनिक हुनेछ।
15 March 2026